बेइजिङ– चीन–अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दै चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागू गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ।
_x000D_
_x000D_
युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बैंक अफ चाइनाले बताएको छ। केन्द्रीय बैंकको तेस्रो त्रैमासिक मौद्रिक नीतिबारे भएको छलफलपछि चीनको उक्त भनाई सार्वजनिक भएको राज्य सञ्चालित सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ।
_x000D_
_x000D_
चीनको कर्जा वृद्धिबारे व्यापक चेतावनी आइरहेका समय केन्द्रीय बैंकले चीनले कर्जा सङ्कलनमा तर्कसङ्गत वृद्धि रहेको र वित्तीय सुधारलाई निरन्तरता दिने बताएको हो।
_x000D_
_x000D_
पछिल्लो समय चीन अमेरिकासँग व्यापार विवादकाबीच अघि बढिरहेको छ। चीनले यसै हप्ताको सुरुदेखि लागु हुनेगरी अमेरिकाले चिनियाँ सामानमाथि गरेको २ खर्ब अमेरिकी डलर बराबरको करवृद्धिले ल्याएको तरङ्गलाई चुनौती दिँदै अमेरिकाबाट चिनियाँ भूमिमा आयात हुने ६० अर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धिको घोषणा गरेको छ।
_x000D_
_x000D_
चीनका प्रधानमन्त्री ली खछ्याङले गत हप्ता व्यापार विवादका कारण व्यापक समस्याको सामना गरिरहेको र यसका कारण आर्थिक वृद्धिमा केही शिथिलता देखिएको स्वीकार गरेका थिए। तर, उनले समस्या निराकरण गर्ने चीनसँग क्षमता रहेको पनि दाबी गरेका थिए।
_x000D_
_x000D_
विश्लेषकहरूले युआनको तीव्र अवमुल्यनले चीनको निर्यात सस्तो बनाएको बताएका छन्। तर, चिनियाँ अधिकारीहरूले आफ्नो मुद्रा अवमुल्यनबारे लगाएको उक्त आरोपको खण्डन गरेका छन्।
_x000D_
_x000D_
अहिलेसम्म दुई खर्ब ५० करोड अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गरेका अमेरिकी राष्ट«पति डोनाल्ड ट्रम्पले अर्को दुई खर्ब ६७ करोड अमेरिकी डलरको चिनियाँ सामानमाथिको कर लगाउने चेतावनी दिएका छन्। यसबाट अमेरिका निर्यात हुने प्रायः सबै चिनियाँ सामानमा प्रभाव पर्ने अमेरिकी अधिकारीहरूको दाबी छ।
_x000D_
_x000D_
चीनले संरक्षणवादी अमेरिकी व्यापार नीतिविरुद्ध सङ्घर्ष गर्दै गतवर्ष एक खर्ब ३० करोड अमेरिकी सामान मात्र खरिद गरेको थियो। चीनले अहिलेसम्म एक खर्ब १० करोड अमेरिकी डलर बराबरको सामानमा कर वृद्धि गरेको छ। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।