जेरूसेलम– शुक्रबार सीमा क्षेत्रमा भएको झडपमा सात प्यालेष्टिनी नागरिकको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्यमन्त्रीको भनाइपछि इजरायली तथा प्यालेष्टिनी हमास नेताहरूलाई राष्ट्रसंघले सीमानामा थप क्षति हुनबाट सावधानी अपनाउन शनिबार निर्देशन जारी गरेको छ।
_x000D_
_x000D_
'गाजा क्षेत्रमा भएका प्रदर्शनका क्रममा इजरायली सुरक्षाकर्मीको गोली लागि दुई बालबालिकासहित सात प्यालेष्टिनी नागरिकको मृत्यु र सयौँ घाइते भएको खबरले म निकै दुःखी भएको छु,' प्यालेष्टिनी क्षेत्रमा राष्ट्रसंघीय मानव अधिकार मामिला संयोजक जिम्मी म्याकगोल्डरिकद्वारा शनिबार जारी वक्तव्यमा भनिएको छ।
_x000D_
_x000D_
'सीमा क्षेत्रमा थप मानवीय क्षति र उक्त क्षेत्रको शान्तिका लागि इजरायल, हमास नेता साथै सम्बन्धित सबैसँग आग्रह गर्न चाहन्छु।'
_x000D_
_x000D_
शुक्रबारको झडपमा क्रमश: १२ र १४ बर्षका दुई बालकसहित सात जनाको मृत्यु भएको थियो। यो गत मे १४ पछि भएकोे सबैभन्दा दर्दनाक घटना हो। मे यता उक्त क्षेत्रमा मृत्यु हनेको संख्या ६० पुगेको छ।
_x000D_
_x000D_
अमेरिकाले जेरूसेलमलाई इजरायली राजधानीको रूपमा मान्यता दिएपछि यसको विरोधमा उत्रिएका प्यालेष्टिनीले अमेरिका तथा इजरायलविरोधी प्रदर्शन गर्दै आएका छन्।
_x000D_
_x000D_
इजरायली सेनाले सीमाक्षेत्रमा करिब २० हजार मानिस भेला भई इजरायली सुरक्षाकर्मी तथा सीमाबारलाई लक्षित गरी विस्फोटक पदार्थले आक्रमण सुरु गरेपछि सेनाले केही क्षेत्रमा बल प्रयोग गरेको जनाएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।