बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला भएपछि मात्र थाहा पाउने अध्ययनबाट पत्ता लागेको छ।
_x000D_
_x000D_
अध्ययनकर्ताहरूका अनुसार शारीरिक वजन धेरै भएका महिलाले छोटो छोटो समयमा मेमोग्राम (स्तन क्यान्सरको परीक्षण) गराइरहनु पर्छ । यसो गर्दा मात्र स्तन क्यान्सर भए बेलैमा पत्ता लाग्छ र समयमै उपचार गरी निको पार्न सकिन्छ ।
_x000D_
_x000D_
तर अध्ययनकर्ताहरूले यो अध्ययनको पुष्टि गर्न थप अनुसन्धान गर्नुपर्ने पनि बताएका छन् । बेलायतमा सामान्यतया ५० देखि ७० वर्ष उमेर समूहका महिलाको ३/३ महिनामा स्तन क्यान्सरको परीक्षण गरिन्छ ।
_x000D_
_x000D_
खासगरि परिवारमा स्तन क्यान्सरको इतिहास भएका महिलाहरूको ३/३ महिनामा नियमित परीक्षण गरिन्छ । शारीरिक वजन धेरै भएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ, तर अहिले यसकै आधारमा परीक्षण यति नै समयमा गर्नुपर्छ भनेर समय निर्धारण गर्न भने चिकित्सकले गर्न सकेका छैनन् ।
_x000D_
_x000D_
द करोलिंक्सा इन्स्टिच्युटले गरेको यो अध्ययनमा २ हजार १२ जना त्यस्ता महिला समावेश थिए, जसलाई सन् २००१ देखि २००८ बीच स्तन क्यान्सर भएको थियो ।
_x000D_
उनीहरूले प्रत्येक डेढ वर्षदेखि दुई वर्षबीच मेमोग्राम गरि स्तन क्यान्सर भए नभएको परीक्षण गराउने गरेका थिए ।
_x000D_
_x000D_
स्विडेनमा स्तन क्यान्सर परीक्षणका लागि यो समयको अन्तराल उपयुक्त मानिन्छ ।अनुसन्धानकर्ताहरूले उपचारका बेला स्तनमा भएको गाँठोको आकार र महिलाको बडी मास इन्डेक्स (शारीरिक वजन)को अध्ययन गरेका थिए ।
_x000D_
_x000D_
अध्ययनकर्ताहरूले बिएमआई (शारीरिक वजन) धेरै भएका महिलाहरूमा मेमोग्राम परीक्षणका बेला गाँठो पत्ता लागेको पाए । अध्ययनको नेतृत्व गरिरहेका डाक्टर फ्रेड्रिक स्ट्र्यान्डका अनुसार यस्तो मोटा महिलाको स्तन धेरै ठूला भएकाले गाँठो उत्पन्न भएको पत्ता लगाउन कठिन भएको हुनसक्ने वा उनीहरूको स्तनमा गाँठा तीव्र गतिमा बढेको हुनसक्ने बताए ।
_x000D_
_x000D_
बढेका गाँठाको पूर्वानुमान गर्न सजिलो हुँदैन । ‘अध्ययनको निष्कर्षले डाक्टरले बिरामीलाई स्तन क्यान्सरबारे जानकारी गराउँदा बडी मास इन्डेक्समा पनि ध्यान दिनु आवश्यक छ,’ डा. स्ट्र्यान्डले भने।
_x000D_
_x000D_
उनका अनुसार अध्ययनले बडी मास इन्डेक्स धेरै भएका महिलाहरूले छिटो छिटो स्तन क्यान्सरको परीक्षण गराइरहनुपर्ने देखाएको छ । तर बेलायतको क्यान्सर रिसर्चर सोफिया लज भन्छिन्, ‘यो अध्ययनले स्तन क्यान्सर थाहा पाउन मेमोग्राम गराउनु पर्ने ठिक ठिक समयबारे भने कुनै तथ्य दिएको छैन।’
_x000D_
_x000D_
उनी स्तन क्यान्सर पत्ता लगाउन गरिने परीक्षण मेमोग्रामका फाइदा र बेफाइदा दुवै रहेको बताउँछिन् । उनी कम उमेरका महिलामा स्तन क्यान्सर पत्ता लगाउन मेमोग्राम उपयोगी भएको बताउँछिन् । तर परीक्षण गराउने र परीक्षणबाट स्तन क्यान्सर भएका कतिपय महिला यस्ता पनि फेला परेको जसको परिवारमा कसैलाई स्तन क्यान्सर भएको थिएन - भन्छिन् उनी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।