मेलम्ची– सिन्धुपाल्चोकमा गए राति एक महिलाकाे हत्या भएकाे छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएकाे छ।
_x000D_
_x000D_
हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबा पक्राउ परेका छन्। हत्याको कारण अझसम्म खुलाइएको छैन।
_x000D_
_x000D_
अभियुक्त वाइबालाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।