• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

64x64
नेपाल लाइभ शनिबार, पुस २०, २०८१  १७:१६
1140x725

काठमाडौं- बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो। चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे।

समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन। हाल यी बच्चा तीन वर्षका भइसकेका छन्। यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चश्मा लगाइरहेका छन्। 

त्यसैगरी सात महिनामै जन्मिएका एक बच्चाको पनि आँखामा समस्या देखियो। बच्चा उमेर छ महिना पुग्दै गर्दा आँखामा सेतो चिह्न देखिन थाल्यो। आँखामा जटिल समस्या देखिएपछि उपचारका लागि केही समय अस्पतालको सघन उपचार कक्षमा राखियो। तर आँखाको पर्दा उप्किसकेकाले बच्चा अन्धोपनको शिकार हुनुपर्‍यो। 

यी त प्रतिनिधि घटना हुन्। दस महिना नपुगी जन्मने बच्चामा आँखासम्बन्धी समस्या देखिने सम्भावना बढी भएको चिकित्सक बताउँछन्। बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो। यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ। समयमै उपचार नगरिए अन्धोपनको सम्भावना भए पनि समयमै उपचार भयो भने निको पनि हुनसक्छ।

डा अधिकारी भन्छिन् '९९ प्रतिशत आरओपीमा दुई वटै आँखामा समस्या गराउँछ। समयमा उपचार पाएन भने बच्चा दृष्टिविहीन हुनसक्छन्।' यसको समस्या बढ्दै गएमा बच्चाको दृष्टि कमजोर हुने, आँखा घुम्ने, सेतो देखिनेलगायतका लक्षण देखिन सक्दछन्।

'अभिभावकले बच्चाले अनुहारमा हेरेको जस्तो लाग्दैन भनेर लिएर आउनुहुन्छ। तीन महिना भइसक्दा बच्चामा केही चिजहरु हेर्ने, पछ्याउने गर्छन्। तर आरओपीको समस्या भएका बच्चामा दृष्टि आउँदैन। पर्दा उप्किएर अगाडि आइसकेपछि सेतो देखिन्छ। अनुहार हेरेर नहाँस्ने, कुनै चिज दिँदा नहेर्ने, बत्तीतिर मात्र हेरेर टोलाउनेजस्ता लक्षण देखिन सक्छन्,' उनले भनिन्।

सामान्यतया बच्चा पेटमा ४० हप्तासम्म बस्छन्। ‘आरओपी’ को जोखिम भने समय अगावै जन्मिएका बच्चामा देखिन्छ। समय अगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेशलिष्ट डा इली प्रधान बताउँछिन्।

डा प्रधानले एकमहिनाभित्रै पहिचान गरी उपचार गर्न सकिएमा बच्चाको आँखा जोगिन सक्ने जानकारी दिइन्। 'छिट्टै पहिचान भयो भने यसको उपचार सम्भव छ। समय अगावै जन्मिने २० देखि २८ प्रतिशत बच्चामा आरओपीको प्रकोप देखिन्छ', उनले भनिन्।

nimb
nimb
Ncell 2
Ncell 2

बाल नेत्र रोग विशेषज्ञ डा अधिकारीले सबैभन्दा महत्वपूर्ण विषय स्क्रिनिङ (पहिचान) भएको उल्लेख गर्दै समय अगावै जन्मिने बच्चाको एक महिनाभित्र अनिवार्य स्क्रिनिङ गर्नुपर्ने सुझाव दिन्छिन्। उनले भनिन्, 'समय नपुगी जन्मिएका सबै बच्चाहरु यसको जोखिममा हुँदैनन्। सबैमा जटिल समस्या देखिन्छ भन्ने पनि हुँदैन। करिब सात/आठ प्रतिशतलाई भने उपचार चाहिन्छ। यसको उपचार सम्भव छ तर जतिबेला गरेर हुँदैन। चाहिने समयमा गर्नुपर्छ।'

उक्त समस्याको उपचार सुई, लेजर प्रविधिद्वारा गरिन्छ। तिलगङ्गा आँखा प्रतिष्ठानमा महिनामा २० देखि २५ जनासम्म यसप्रकारको समस्या लिएर आउने गरेको अस्पतालको भनाइ छ। 

रेटिना स्पेशलिष्ट डा प्रधान भन्छिन्, 'कतिपय बच्चा घरमै पनि जन्मिएका छन् भने पनि स्वास्थ्यकर्मीले एक महिनाभित्र आँखा जाँचका लागि सुझाव दिनुपर्छ। आँखाको जाँच भनेको चश्मा जाँच मात्र होइन नानी फुलाएर हेर्नुपर्छ। समयमा हेरेर उपचार गर्न सकियो भने आँखा बचाउन सकिन्छ।'

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक तथ्याङ्कअनुसार नेपालमा मात्रै वार्षिक आठ लाख १० हजार शिशु समयअघि नै जन्मिन्छन्।  जसमध्ये चार हजार तीन सय शिशुको पाँच वर्षको उमेर नपुग्दै मृत्यु हुन्छ।

मन्त्रालयका अनुसार ३७ हप्ताभन्दा अघि जन्मिएका शिशुहरु जन्मने क्रममा कम तौल भए वा अक्सिजनको मात्रामा कमी देखिए आरओपीका लागि जोखिम उच्च रहने गरेको पाइएको छ। तर यो समस्याको समयमै पहिचान भए उपचार सम्भव छ। यसै कारणले शिशु जन्मिएको २८ दिनभित्र आँखारोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकले सल्लाह दिँदै आएका छन्।

नवजात शिशुरोग विशेषज्ञ डा सुनिल राजा मानन्धरका अनुसार यो समस्यासम्बन्धी पर्याप्त मात्रामा जनचेतना नपुग्दा अभिभावकहरु ढिलो अस्पताल आइपुग्छन्। उनी भन्छन्, 'सबैमा नभए पनि समय नपुगी जन्मिएका अधिकांश बच्चाहरुमा विभिन्न खालका सङ्क्रमण र जोखिम हुन्छ। आँखाको जाँच अनिवार्य हो। हामी कहाँ अस्पताल ढिलो आइपुग्नुहुन्छ। एक महिनाभित्र आँखा जाँच गराए उपचार सम्भव छ।' रासस

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बार्सिलोनाको उत्कृष्ट सुरुआत
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभाको बैठक बस्दै
सम्बन्धित सामग्री
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल मन्त्री पोखरेलले विद्यार्थीमैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित... आइतबार, भदौ ७, २०८३
एनआरएनए र नेपाल चेम्बरबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारी आइतबार, भदौ ७, २०८३
जेन जेड शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ जेन जेड शहीद परिवार कल्याणकारी समाज र घाइते जेन जेड नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
बार्सिलोनाको उत्कृष्ट सुरुआत सोमबार, भदौ ८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ ८, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै सोमबार, भदौ ८, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्