काठमाडौं – नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय सदस्य तथा शेखर कोइराला पक्षधर नेविसंघकी नेतृ प्रेमिका रानामगर माथि कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका छन्।
शेर्पाले कांग्रेसको केन्द्रीय अनुशासन आयोगमा उजुरी दिँदै प्रेमिकाले आफूमाथि लगाएको आर्थिक अनियमितता र चन्दा असुलीको छानविन गर्न समेत माग गरका छन्।
शुक्रबार शेखर पक्षधर नेतृ प्रेमिका रानामगरले विज्ञप्ति जारी गर्दै दुजाङ शेर्पाले भूकम्पको राहतदेखि जयनेपाल कपको नाममा जबरजस्ती चन्दा संकलन गरेर आर्थिक अनियमितता गरेको आरोप लगाएकी थिइन्। नेविसंघमा लामोसमयदेखि संस्थापक पक्ष र शेखर कोइराला पक्षधरबीच विवाद रहेको छ।
विवादका कारण महाधिवेशन हुन सकेको छेन। प्रेमिका राना मगरले शेखर पक्षको समान्नतर समितिहरु र समानान्तर गतिविधि गर्दै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।