जर्मन- एक जर्मन सर्जनलाई अप्रेसनको क्रममा बिरामीबाट क्यान्सर सरेको दुर्लभ घटना सार्वजनिक भएको छ।
केही वर्षअघि ३२ वर्षीय एक पुरुषलाई दुर्लभ प्रकारको क्यान्सर भएको पत्ता लागेको थियो र उनको पेटबाट ट्युमर हटाउने अप्रेसन भइरहेको थियो। अप्रेसनको क्रममा, शल्य चिकित्सकको अकस्मात् हात काटियो। घाउ तुरुन्तै डिसइन्फेक्ट गरेर ब्यान्डेज लगाइयो। तर, पाँच महिनापछि ५३ वर्षीय सर्जनले आफूले चोट पाएको ठाउँमा सानो गाँठो देखा परेको महसुस गरे र जाँच गराउन पुगे।
जाँच गर्दा उक्त गाँठो घातक ट्युमर भएको र यसको जीन परीक्षणले बिरामीको क्यान्सरसँग उस्तै रहेको देखायो।
डाक्टरहरूको टोलीले उक्त ट्युमरको परीक्षण गरेपछि ट्युमरका कोषहरू शल्यचिकित्सकको घाउमा प्रवेश गरेपछि क्यान्सर सरेको निष्कर्ष निकाले। सर्जनको ट्युमर पनि निकालियो र माइक्रोस्कोपले जाँच गर्दा यो म्यालिग्नेन्ट फाइब्रस हिस्टियोसाइटोमा भएको पत्ता लाग्यो।
दुवै ट्युमरको नमुना थप परीक्षण गर्दा तिनीहरू 'जिनेटिक रूपमा उस्तै' रहेको पुष्टि भयो।
सर्जनको ट्युमर हटाएको दुई वर्षपछि पनि क्यान्सर नफैलिएको र नफर्किएको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।