काठमाडौं– युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ।
चार जना गम्भीर घाइते छन्।
यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ।
प्रहरी अधिकारीहरुका अनुसार देशको दक्षिणी क्षेत्रको रेष्टुरेन्टमा बुधबार एक हतियारधारीले आक्रमण गरेका थिए। आक्रमणपछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए।
सरकारका गृहमन्त्रीका अनुसार बन्दुकधारीले एकै परिवारका सदस्य, रेष्टुरेन्ट मालिक र दुई बच्चाको हत्या गरेका हुन्। यो घटनालाई उनले ‘भयानक घटना’ भनेका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार गोली लागेर चार जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।