काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।
निगमले विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ।
जसमा अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ र अन्तरार्ष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा ९६०, पोखरामा ७९३ र भैरहवामा ७७८ डलर रहेको निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।