मलङ्गवा– सर्लाहीको बरहथवा स्थित नयाँरोड–मधुवनी सडकखण्डमा सोमबार राती ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–९ मूर्तियास्थित शान्ति चोकमा बलराबाट उखु बोकेर हरिवन चिनी मिलतर्फ जाँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।