जुम्ला– जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु भएको छ।
स्थानीय परम्पराअनुसार चलिरहेको संस्कृति बचाउनका लागि जुम्ला सदरमुकाम खलङ्गादेखि गाउँघरमा ठूली भैली खेल्ने चलन छ।
जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जिल्लामा औँसीको भोलिपल्टदेखि ठूली भैलो खेल्ने चलनको सुरुआत भएको मानिन्छ। बडाहाकिमले भैलेरा र भैलेरीलाई चार–चार पैसा दिने चलन रहेको संस्कृति छ।
स्थानीयवासी विष्णु देवकोटा भन्छन्, चन्दननाथ भैरवनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको छ। ठूली भैलो सुरु भएको दिनदेखि गाउँघरमा गएर भैलो खेल्न सुरु भएको छ तर हिउँदमा ठूली भैलो खेल्न जाडोले सकस हुने गरेको छ।
स्थानीयवासी देवकोटाले भने, “हाम्रो संस्कृतिलाई बचाउन स्थानीय सरकारले पनि काम गरेको छ। तिला गाउँपालिका पाँचवटा गाउँमै पुगेर ठूली भैलो खेलेको स्थानीयवासी देवकोटाको भनाइ छ।” पछिल्लो समयमा आधुनिक परिवेशअनुसार विस्तारै त्यो चलन हराउँदै गएको पनि बताउछन्।
ठूली भैलो सुरु भएको दिनदेखि अन्तिम दिनसम्म गाउँमा गएका पाहुनालाई भैलो छोप्ने चलन पनि रहेको छ। जिल्लामा स्थानीय परम्पराको मान्यता बोकेको भैलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको जुम्लाका स्थानीयवासी बताउँछन्। केही वर्षदेखि कर्णाली राजमार्गमा समेत भैली खेलेर सवारी साधनका चालकलाई पैसा माग्न गरेका छन्। मङ्सिर शुक्ल पूर्णिमाको दिनदेखि जिल्लामा सानो भैलो खेल्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।