काठमाडौं– आफ्नै कक्षाका साथीको हत्याको कसुरमा चीनका दुई विद्यार्थीहरुलाई आजीवन कैद फैसला भएको छ ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार गत मार्चमा चीनको हबई प्रान्तका चाङ र लि नामका विद्यार्थीले वाङलाई हत्या गरेका थिए।
उनीहरु दुवै १३ वर्ष उमेरका थिए । हत्या गरेर वाङको पैसा आधा-आधा बाँडेका थिए। उनीहरुले हत्या गरेर शवलाई एक हरितगृहमा गाडेका थिए।
हत्या गरिएका वाङ धेरै सयमबाट बुलिङमा पनि परेका थिए । यी सबै कुराले सोमबारको फैसलामा चिनियाँ सामाजिक संजालहरुमा खुशी व्यक्त गरिएको बीबीसीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।