काठमाडौं– मध्ये पुस लागेसँगै तराई क्षेत्रमा चिसो पनि अत्यधिक बढेको छ। केही दिनयता हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ।
साथै तराई क्षेत्रमा हुस्सु र कुहिरोसमेत बढेको छ। आइतबार बिहान तराई क्षेत्रमा हुस्सु र कुहिरो यतिसम्ब बाख्लो देखिएको छ कि सवारी साधनसमेत गुडाउन मुस्किल भएको छ।
आज बिहानैबाट कुहिरोले आकाश ढाकेको छ। कुहिरोका कारण ८/१० मिटर पर पनि सडक देखिएको छैन। कुहिरोले सवारी दुर्घटनाको जोखिम बढाएको छ ।
विगतका वर्षहरूमा तराई/मधेशको जिल्लाहरूमा पौष महिनाभर अत्यधिक जाडो हुने गरेको थियो । तर यस वर्ष आज बल्ल चिसो महसुस भएको छ। चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ।
जाडोबाट सबैभन्दा बढी बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका छन्। चिसो छल्न गाउँघरमा विशेष गरी वृद्ध वृद्धाहरु घुरा (आगो) ताप्ने गर्छन्। मौसम विभागले देशभरको मौसम सफा रहने बताएको छ। तर बिहानीपख भने तराईमा हुस्सु र कुहिरोको प्रभाव बढी देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।