काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)का १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। त्रिविको ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३०८ बढी विद्यार्थी दीक्षित भएका हुन्।
प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविको ५०औं दीक्षान्त समारोहमा गोल्ड मेडलिस्ट विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे।
समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी भएका थिए। सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ।।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा विभिन्न १७ वटा विधाका पुरस्कार वितरण गरिएको थियो।
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।