काठमाडौं– पश्चिमी अफ्रिकाबाट स्पेन गइरहेको डुंगा मोरक्कोमा पल्टिँदा कम्तिमा ६९ जनाको मृत्यु भएको छ।
मारिनेमध्येमा ३५ जन मालीका नागरिक रहेका छन्। उक्त अस्थायी डुंगा ८० जनालाई लिएर गइरहेको र जसमा मात्र ११ जना मात्र बाँचेको मालीका अधिकारीहरुले जानकारी दिएका छन्।
दुर्घटनामा बाँचेका ११ जना पनि मालीकै रहेका छन्। उक्त डुंगा गत साता डुबेको थियो। तर मालीले हालै मात्र यसको पुष्टि रहेको हो। मालीले आफ्नो क्राइसिस युनिटलाई अवस्थाको जानकारीका लागि पठाएको छ।
माली लामो समयदेखि जिहादी र अलगाववादीको हिंसाको शिकार भइरहेको छ। यसका कारण २०२० र २०२१ मै सैन्य तख्तापलट भएको छ।
सैन्य सरकारले मार्च २०२४ मा आम चुनावका लागि प्रतिबद्धता गरेको थियो तर अहिलेसम्म चुनाव भएको छैन। देशको अवस्थालाई मध्येनजर गर्दै ठूलो संख्यामा मानिसहरु अवैध तरिकाले युरोप पुग्नका लागि एटलान्टिक रुटको प्रयोग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।