अकताउ– कजाकिस्तानको अकताउ सहरमा बुधवार भएको एउटा यात्रुवाहक विमान दुर्घटनामा २५ जना बाँच्न सफल भएका छन् । ६७ जना सवार रहेका उक्त विमानमा २५ जना यात्रुहरू बाँचेको र यीमध्ये २२ जनालाई अस्पताल लगिएको स्थानीय अधिकारीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
अवतरण गर्ने क्रममा विमानमा आगो लागेको काजकिस्तानको आकस्मिक मन्त्रालयले बताएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए । विमान अजरबैजान एयरलाइन्सको भएको रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले पनि समाचार छापेको छ ।
बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै गर्दा बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको र यसै क्रममा विमानको दूघर्टना परेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।