काठमाडौं– ललितपुरको फूलचोकीको जंगलभित्र १३ जना हराएका छन्।
बेलुकी साढे ५ त्यस्तो सूचना आउनासाथ प्रहरीको खोजी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलले बताए।
उपत्यका प्रहरीको कन्ट्रोल रुममा आफूहरु जंगलभित्र हराएको भनी हराउनेमध्येकै एक व्यक्तिले फोन गरेका थिए।
खोजी कार्यमा प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको टोली परिचालित छ।
फुलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो।
उक्त स्थानमा घना जंगल भएका कारण वर्षेनी मानिस हराउने गरेका छन्।
यो समाचार तयार पार्दासम्म हराएका व्यक्ति भेटिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।