काठमाडौं– साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
काठमाडौंबाट आइतबार पक्राउ परेका उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए। शैली थापा समेतका व्यक्तिहरूले यो सहकारी ठगी प्रकरणमा जाहेरी दिएका थिए।
त्यसपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो। आइतबार मात्रै काठमाडौंको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष भरतमणि जंगम पक्राउ परेका थिए। उनी पक्राउ परेपछि तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका थिए। उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।