जनकपुरधाम– महोत्तरीको मनरा शिसवा नगरपालिका- ४ का सुशील झाको लुटेरा समूहले हत्या गरेको छ।
शनिबार विहान करिब ३ बजे ७/८ जनाको समूहमा पुगेको लुटेरा समूहले झाको हत्या गर्दै उनको घरबाट नगद र सुनका गहना लुटेका हुन्। हत्या गरिएका ७० वर्षीय झाको पूर्व गाविस सचिव रहेको बुझिएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले झाको हत्या लुटेरा समूहले गरेको पुष्टि गरे। उनका अनुसार झाको घरबाट लुटेराहरुले नगद ८० हजार रूपैया, सुनका औंठी र मङ्गलसूत्र (महिलाले लगाउने गहना) लुटेर लगेका छन्।
मृतक झाको शव अहिले घटनास्थलमै छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी जयसवारले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।