काठमाडौं– बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.२ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।
बिहान ४:१४ बजे बाजुराको जगननाथ गाउँपालिकाको गोत्री नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको छ ।
भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए भने क्षतिको विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।