एजेन्सी– गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको छ।
आईओएमले ८ देखि १४ डिसेम्बरसम्म ४९९ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र २९ आप्रवासी बेपत्ता भएको जानकारी दिएको छ।
यो वर्ष हालसम्म २१ हजार ३४३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ, जुन गत वर्षको तुलनामा चार हजार बढी हो। आईओएमले यस वर्ष लिबिया र अन्य देशहरूबाट आएकाहरू सहित मध्य भूमध्यसागर मार्गमा ६३५ जनाको मृत्यु र ९८२ हराएका आप्रवासीहरू रेकर्ड गरेको छ।
सन् २०११ देखि धेरै आप्रवासीहरूले लिबियाबाट भूमध्यसागर पार गर्न युरोपेली किनारहरू छनौट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।