काठमाडौं– हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले गरेका छन्।
फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्याएको हो।
यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ।
यो तुफानबाट हजारौं व्यक्तिहरु प्रभावित भएका छन्। क्षतिग्रस्त क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी छ। अहिलेसम्म ११ जनाको मात्र शव फेला परेको भनिए पनि मृतकको संख्या एक सयभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।