काठमाडौँ – नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
भारत भ्रमणमा रहेका सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन्।
बिहीबार राष्ट्रपति भवनमा आयोजित समारोहमा उनलाई मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाल र भारतबिच दुई देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा छ।
प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग पनि शिष्टाचार भेटघाट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।