एजेन्सी– सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षक सहित करिब ८६ जना पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुगेका छन्।
यी नागरिकहरूलाई पाकिस्तान फिर्ता गर्ने प्रबन्धहरू भइरहेका दूतावासका अधिकारीहरूले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्रधानमन्त्री सेहबाज सरिफले सोमबार सिरियाबाट छिमेकी देशहरू हुँदै फर्कन चाहने पाकिस्तानीहरूलाई द्रुत र सुरक्षित निकासीका लागि कार्य योजना तयार गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए।
सिरियाले जारी राजनीतिक अस्थिरता र द्वन्द्वका कारण गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। यसले त्यहाँका बासिन्दा र विदेशी नागरिकहरूलाई सुरक्षा जोखिमहरू खडा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।