काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने क्रममा दुई विकेट गुमाएको छ।
चितवनका लागि रिजन ढकालले दुवै विकेट लिएका हुन्। दोस्रो ओभरको पहिलो बलमै एक रन बनाएका ओपनर आशुतोष घिरैयालाई क्लीन बोल्ड गरेका ढकालले तेस्रो बलमा उन्मुक्त चन्दलाई पनि क्लीनबोल्ड गर्दै डकआउट गरिदिए।
टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीको खराब सुरुवात भएको छ। तीन ओभरको समाप्तिमा लुम्बिनीले दुई विकेट बनाएर मात्र ५ रन बनाएको छ। क्रिजमा रोहित पौडेल र अर्जुन साउद रहेका छन्।
पहिला ४ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन्। ४ खेलमा ३ जित निकाल्दै चितवन तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।