काठमाडौं– त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ड्सले लुम्बिनी लायन्सलाई रनको लक्ष्य दिएको छ।
टस हार्दै पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनको स्कोर खडा गरेको हो।
जनकपुरका लागि ओपनर अनिल साहले सर्वाधिक ४५ रनको इनिङ्स खेले। यस्तै लाहिरु मिलान्थाले २४ रन बनाउँदा आसिफ शेखले १६ रनको योगदान दिए। भने शुभ कंसाकारले २२ रन बनाए।
यता बलिङतर्फ लुम्बिनीका लागि अविशेष गौतमले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गर्दै उनले २० रन खर्चिएर ३ विकेट लिएका हुन्।
कप्तान रोहित पौडेलले २ विकेट लिँदा सादबीन जाफरले पनि दुई विकेट लिए भने सन्दीप जोराले एक विकेट लिए। पहिला टस जित्दै लुम्बिनीले जनकपुरलाई ब्याटिङको निम्तो दिएको थियो।
लुम्बिनी र जनकपुर दुवैको यो चौथो खेल हो। यसअघि तीन खेल जितेको जनकपुर दोस्रो स्थानमा रहेको छ। लुम्बिनी भने तीन खेल लगातार हार्दै अन्तिम स्थानमा छ। आज लुम्बिनीलाई पहिलो जित दर्ता गर्ने दबाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।