काठमाडौं – १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो चैतमा हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद्को आज बसेको ११८औं बोर्ड बैठकले आउँदो चैत २३ देखि ३० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको राखेपका बोर्ड सदस्य डा. मधुसूधन सुवेदीले जानकारी दिएका हुन्।
यसअघि उक्त प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म गर्ने तयारी थियो। तर, तयारी नपुगेको भन्दै तोकिएको मितिमा हुन सकेको थिए। दशौं राष्ट्रिय खेलकुदमा ३५ वटा खेल समावेश हुने सदस्य सुवेदीले बताए।
२०७९ को असोज–कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदबाटै दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो। खेलकुद मन्त्रीले फागुनमा गर्ने प्रस्ताव गरेपनि खरिददेखि मैदान निर्माणसम्मको विषयले चैतमा गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।