काठमाडौं – उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन्।
मंसिर १६ मा भएको उपनिर्वाचनमा जसपा नेपालवाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन्।
आज पदभार ग्रहण समारोहबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार साहमाथि अदालतको परमादेशबाट कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ।
सोही मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।