काठमाडौं– त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत १२ औं खेल चलिरहँदा अहिलेसम्म पहिलो पावर प्लेमा धेरै रन बनाउने टिम पोखरा एभेन्जर्स बनेको छ।
आज भइरहेको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखराले पहिले पावर प्ले ६ ओभरमै सबैभन्दा धेरै रन बनाएको हो।
१७१ रनको लक्ष्य लिएर मैदानमा जवाफी ब्याटिङमा उत्रिएको पोखराले ६ ओभरको समाप्तीमा एक पनि विकेट नगुमाएर ८० रन बनाएको छ। ओपनर दिनेश खरेल र आन्द्र गौसबीच ८० रनको साझेदारी भएको हो।
गौसले अर्धशतसमेत प्रहार गरेका छन्। उनले २० बलमा अर्धशतक बनाएका हुन्। एनपीएलमै सबैभन्दा छिटो शतक पनि उनकै नाममा रह्यो।
गौसले मात्र १९ बलमा ३ छक्का र पाँच चौकामा ४६ रन बनाएका छन् भने खरेलले १७ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २७ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।