काठमाडौं– जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुँदैछ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टस सोमपाल कामीले जित्दै पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्।
चितवन पहिले ब्याटिङमा उत्रिँदैछ। दुवै खेलमा उत्कृष्ट फर्ममा रहेका सोहेल तन्वीरको भरोसा चितवनलाई रहेको छ भने यता शिखर धवनबाट कर्णालीले आश गरेको छ।
तेस्रो खेलसम्म आइपुगुदा कर्णाली जितविहीन छ। आज पहिलो जित दर्ता गर्ने लक्ष्यमा देखिन्छ। यता चितवन भने अपराजित रहन चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।