काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो।
जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ र जेम्स नीशामले ४० रन बनाए। यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए।
बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १-१ विकेट लिए।
यो पोखराको दोस्रो हार हो। पहिले खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।