काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ड्सलाई १३९ रनको मध्यम लक्ष्य दिएको छ। टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो।
पोखराका लागि मार्कस क्रिच्लीले ३५ रन बनाए। यस्तै माइकल लिस्कले २५ तथा आन्द्रेस गौसले २० रन जोड्दा रायमोन रिफेयरले १७ र दिलीप नाथले ११ तथा दिनेश खरेलले १० रन बनाए। पहिलो खर्लमा गोल्डेन डकआउट भएका कुशल भुर्तेल आज पनि मात्र ६ रनमै आउट भए।
शीले ३ विकेट लिँदा जेम्स निसमले २ तथा किशोर महतो र मोहम्मद मोसिनले एक/एक विकेट लिए। पहिलो खेलमा चितवन राइनोजसँग लज्जास्पद हार व्यहोरेको पोखरा आज कमब्याक गर्न चाहन्छ। तर ठूलो लक्ष्य भने
यताजनकपुरले लगातार दुई खेल जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।