काठमाडौं– दक्षिण कोरियामा ‘मार्शल ल’को घोषणा भएको छ। राष्ट्रपति योन सुल यि ओलले मंगलबार राति यस्तो घोषणा गर्दै देशलाई उत्तर कोरियाका समर्थकबाट जोगाउन यस्तो कदम चालेको बताए।
राष्ट्रपति ओलले दल पिपोल पावर पार्टी र विपक्षी डेमोक्रेटिक पार्टीका थुप्रै बजेटका कुरा विवाद भएकै समयमा सैन्य कानून लागू भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ।
उत्तर कोरियाली कम्युनिष्ट शक्ति र देशकै देश विरोधी शक्तिलाई ठेगान लाउन यस्तो कानुन लागू भएको राष्ट्रपतिले बताएका छन्। एक टेलिभिजन सन्देश दिएर उनको यो घोषणा आएको बीबीसीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।