काठमाडौं– इंग्ल्यान्डका क्रिकेटर रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको दोस्रोल खेलमा टस हार्दै ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको स्कोर खडा गरेको हो।
चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले। उनले ३८ रनमा सर्वाधिक ५१ रनको योगदान दिए। यस्तै कप्तान कुशल मल्लले ३८ रन बनाए। हसन इसाखिलले १४ रन बनाउँदा, अमर रौतेलाले १३, शरद भेसवाकरले ११, ल्युक बेन्केस्टिनले १६ तथा सन्तोष कार्कीले १० रन जोडे।
यता पोखराका लागि बास डी लिडे, रेमन रेफियरले र बीपीन खत्रीले २/२ विकेट लिँदा सागर ढकालले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।