काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो खेल अहिले काठमाडौं गुर्खाज् र चितवन राइनोजबीच भइरहेको छ।
काठमाडौंले पहिलो पावर प्ले मै चार विकेट गुमाएको छ। जसमा सोहेल तनवीरले तीन र चितवनका कप्तान कुशल मल्लले एक विकेट लिए।
काठमाडौंले पहिलो विकेटका रुपमा स्टेफेन इस्किनाजीलाई मात्र दुई रनमा गुमाएको थियो।
त्यसपछि आक्रामक ब्याटिङ गरिरहेका माइकल लेभिटलाई पनि गुमायो। लभिटले आउट हुनुअघि चार चौका र एक छक्का प्रहार गर्दै मात्र १६ बलमा २५ रन बनाए।
यस्तै अर्का हार्ड हिटर जेरार्ड इरसमसलाई पनि काठमाडौंले सस्तैमा गु्मायो। उनले मात्र चार रन जोडे। त्यसपछि आएका भीम सार्की पनि एलबीडब्लु धराममा परे। जेरार्डको विकेट कुशल मल्लले लिए भने अन्य तीन जनाको विेकट सोहेल तनवीरले लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।