काठमाडौं– एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्दैछ।
यूएईमा जारी प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। टस जित्दै बंगलादेशले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
हेमन्त धामीको कप्तानीमा नेपाली टोली रहेको छ। यसअघि पहिलो खेलमा शुक्रबार नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो।
यता बंगलादेशले भने अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो। बंगलादेश लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने नेपाल पहिलो जितको खोजीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।