काठमाडौं– यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ।
खेल विहान १०:४५ बजेदेखि दुबईमा सुरु हुने छ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ। उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो। बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ।
नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ। नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।