काठमाडौं – गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो।
मन्त्रालयले गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ। चुडामणि शर्मा गौमलाई चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।