एजेन्सी– बङ्गलादेशमा हिन्दु संगठन इस्कोनलाई लिएर उच्च अदालतमा निवेदन परेको छ।
यस याचिकामा इस्कोनलाई प्रतिबन्ध लगाउन माग गरिएको छ।
यसबारे बुधबार बङ्गलादेश सरकारले इस्कोनलाई धार्मिक कट्टरपन्थी संगठन भन्दै अनुसन्धान गरिरहेको बताएको छ। इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास ब्रह्मचारीको गिरफ्तारी पछि बङ्गलादेशमा यी सबै घटनाक्रम भएका हुन्।
चिन्मय कृष्णलाई पक्राउ गरेलगत्तै देखि बङ्गलादेशमा विरोध प्रदर्शन भइरहेको छ। इस्कोनले पनि बङ्गलादेश सरकारको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। इस्कोनले बङ्गलादेश सरकारलाई सबै धर्मका मानिसहरू मिलेर बस्ने वातावरण बनाउन आग्रह गरेको छ। बङ्गलादेशका विभिन्न क्षेत्रमा हिन्दुहरूमाथि भएको आक्रमणप्रति इस्कोनले चिन्ता व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।