काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्वस्थ भएका छन्।
उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। आजै प्रधानमन्त्री ओलीले अस्पताल पुगेर आफ्ना बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
अहिले स्वास्थ्य स्थिति सामान्य रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।