लाओस्– लाओसमा मिथानोल विषाक्तताका मर्ने पर्यटकको सङ्ख्या ५ पुगेको छ। शुक्रबार दोस्री अस्ट्रेलियाली किशोरीको पनि मृत्यु भएको छ। लाओसमा विषाक्त रक्सी सेवनका कारण यी मृत्युहरू भएका हुन्।
उनको मृत्युको पुष्टि गर्दै १९ वर्षीय होली बावल्सको परिवारले आफूहरू अति नै दुःखित भएको बताएका छन्। लाओसको पर्यटकीय शहर भाङ भेइङ्गमा उनी बिरामी परेको एक हप्ताभन्दा धेरै भइसकेको थियो।
बावल्सको साथी १९ वर्षकी बायन्का जोन्स, २८ वर्षीय बेलायती वकिल सिमाने ह्वाइटको पनि विषालु रक्सी पिएकै कारण बिहीबार मृत्यु भएको थियो। मर्नेमा १९ वर्षको नाम नखुलेका अमेरिकी र २० वर्षकी डेनिश महिला पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।