काठमाडौं– छैटौं एशियाली जनसंख्या सम्मेलन मंसिर १२ देखि १५ (नोभेम्बर २७ देखि ३०) सम्म काठमाडौंको सोल्टी होटेलमा आयोजना हुने भएको छ।
जसमा ५० देशका ७०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी हुने जनाइ एको छ।
नेपालले पहिलो पटक आयोजना गर्न लागेको यो प्रतिष्ठित कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। यसअघि यो सम्मेलन नयाँ दिल्ली (२०१०), बैंकक (२०१२), क्वालालम्पुर (२०१५), सांघाई (२०१८), र जकार्ता (२०२१) मा सम्पन्न भएको थियो।
यस सम्मेलनमा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकृत डा. हेमराज रेग्मीले सम्मेलनका मुख्य सत्रहरूमा नेपालको पछिल्लो जनगणनाका तथ्यांकहरू प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।