किभ– रुसले लामो दूरीको मिसाइल हानेको युक्रेनले बताएको छ। युक्रेनको हवाई बलका अनुसार रुसले अस्त्रखान क्षेत्रबाट बिहीबार बिहान अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको हो।
युक्रेनसँग युद्ध सुरु भएयता रुसले युक्रेनलाई ताकेर आईसीबीएम प्रहार गरेको यो पहिलो पटक हो। यस्ता मिसाइल हजारौँ किमी परसम्म पुग्न सक्छन्।
आफूले आक्रमणको क्रममा ६ वटा केएच–१०१ क्रुज मिसाइल खसालेको युक्रेनको सेनाले पनि भनेको छ।
अमेरिकाले युक्रेनलाई रुसी भूमिमा आफूले दिएको लामो दूरीको मिसाइल प्रयोग गर्ने अनुमति दिएको केही दिनमै रुसले यस्तो कदम चालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।