काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार सेवा सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार एक कार्यक्रमकाबीच १४ वर्षमुनिका बालबालिकाको उपचारको निःशुल्क सेवाको सरुवात हुन्।
मन्त्री पौडेलले आफूले सरकारसामु निःशुल्क उपचारको प्रस्ताव मात्र राखेको र त्यस प्रस्तावलाई कार्यान्वयनमा ल्याउन अस्पतालका हरेक कर्मचारीहरू अग्रसर भएर मेहनत गरेको बताए। हाल भक्तपुर क्यान्सर अस्पतालमा १५० जना बालबालिकाको निःशुल्क उपचार भइरहेको पौडेलले जानकारी दिए।
त्यसैले १५० जना बालबालिकालाई उपचार गर्न आवश्यक पर्ने स्रोतसाधनको तयारी गरिसकिएको पौडेलले जनाए। मन्त्री पौडेलले उपचार गर्न आउने बालबालिकाको संख्या बढेमा आवश्यकता अनुसारको स्रोतसाधन जुटाउने प्रतिबद्धता पनि जनाए।
बालबालिका नै राष्ट्रको भविष्य भएकाले उनीहरूलाई स्वस्थ राख्नु राज्यको दायित्व भएको मन्त्री पौडेलको भनाइ छ। आगामी माघ २२ गते करिब १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) भ्याक्सिन लगाउने योजना रहेको मन्त्री पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।