काठमाडौं– लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ।
आयोगले आइतबार गरेको निर्णय पछि सोमबार सूचना जारी गर्दै राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना रद्ध गरेको हो।
उच्च अदालत पाटनमा सो सूचना विरुद्ध परेको रिटमा १४ आत्तिकमा आन्तरिम आदेश जारी भएको थियो।
ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना न्यायसंगत नभएको भन्दै अदालत गएका थिए। उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो।
यसअनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।