काठमाडौँ- भारत उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी १० जना बालबालिकाको मृत्यु भएको छ। झाँसी जिल्ला मजिस्ट्रेटले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ।
झाँसीको यो घटनालाई लिएर उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले आफ्नो ट्विटमा घटनाबारे दुख व्यक्त गर्दै घाइते अरू बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू) मा आगलागी भएको हो।
केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन्।
१८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ। विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।