काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरप्रहरीले गौशालामा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ।
आज दिउँसो डोजरसहित पुगेको नगरप्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरुमा डोजर चलाएको हो।
यसअघि पनि उक्त क्षेत्रमा नगरप्रहरीले डोजर चलाएको थियो। तर स्थानीयहरुले अटेर गरेर अतिक्रमित गरि बनाइएका घरटहरामा पसल, टिकट काउण्टर चलाउँदै आएको थियो।
स्थानीयले उक्त संरचना हटाउन अटेर गरेपछि महानगरले आज डोजर लगाएर भत्काएको हो। यसअघि बिहानै डोजर लिएर गौशाला क्षेत्र पुगेको महानगरको टोलीमाथि स्थानीयले अवरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।