बुटवल- सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा पठाइने भएको छ।
उनलाई विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरिएको हो।
मंगलबार कास्कीबाट भैरहवा ल्याइएका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको सङ्गठित ठगी आरोपमा बयान लिएको थियो। प्रहरीले उनीसँग लगातार तीन दिनसम्म बयान लिएको थियो।
लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालयमा रुपन्देहीमा नै राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।