काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
पाँचखाल-१३ का वडा अध्यक्ष सुकबीर तामाङका अनुसार बालुवा बोक्ने काम सकेर चालक ट्रक लिएर घरतर्फ फर्किँदै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।