काठमाडौं– आसन्न नेपाल प्रिमियर लिग-एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घण्टै सेक्युरिटी अफिसर खटाइने भएको छ।
नेपाल क्रिकेट संघ–क्यान सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक एक जना सेक्युरिटी लायजन अफिसर खटिने जानकारी दिए।
‘क्यानकै एन्टी करप्सन युनिट पनि छ’, सञ्चारमाध्यमसँग कुरा गर्दै खड्काले भने, ‘हामीले नेपाल प्रहरीका आईजिपीसँग कुराकानी गरेर हरेक फ्रेन्चाइजसँग २४ घण्टै सेक्युरिटी लायजन अफिसर रहने व्यवस्था गरेका छौं।’
त्यसका लागि नेपाल प्रहरीले क्रिकेट बुझेका अधिकृतहरु खटाउने गरि सल्लाह भएको पनि क्यानले जनाएको छ। गत वर्ष आयोजन भएको नेपाल टी–२० फिक्सिङ विवादमा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।